काठमाडौं । म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अर्का नेताको पनि ज्यान गएको छ । सैन्य कू को विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका उनको हत्या भएको हो ।
यसअघि एनएलडीका अर्का नेता खिन मौन लाटको गएको शनिवार ज्यान गएको थियो । सुरक्षाकर्मीले चरम यातना दिँदा दुईजना नेताको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, सेनाले भने भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका नेता झा म्याटलिनको ज्यान गएको प्रतिक्रिया दिएको छ ।
म्याटलिनको परिवारले भने पेटमा कसरी चोट लाग्यो भनेर प्रश्न गरेका छन् । नेतृ सुकीसहितका नेताहरुलाई रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शन भैरहेको छ ।
प्रदर्शनका क्रममा अहिलेसम्म ६० जनाभन्दा धेरै व्यक्तिको ज्यान गैसकेको छ भने २ हजारभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । त्यहाँको सेनाले फेरि चुनाव गर्ने भन्दै एक वर्षको सङ्कटकाल लगाएर सैनिक शासन लागू गरेको छ । त्यसको विरोधमा हरेक दिन हिंसात्मक प्रदर्शन भैरहेको हो ।
‘कू’ पछिको म्यानमार :
पछिल्लो सैनिक घोषणासँगै म्यानमारमा टेलिभिजन सङ्केतहरू मुलुकभर काटिएका छन् । राजधानी न्यापितमा फोन र इन्टरनेटको पहुँच अवरूद्ध बनेको छ भने उडानहरू अवरूद्ध छन् । देशका अन्य भागहरूमा फोन सेवा अवरूद्ध भएका टिप्पणीहरू अन्तर्राष्ट्रिय कतिपय सञ्चारमाध्यमले गरेको भएपनि राजधानीबाहिरका अझै धेरै क्षेत्रहरूमा नागरिकहरूले इन्टरनेट र फोन प्रयोग गर्न सकेका स्थानीयहरूले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । म्यानमारको राजधानीरहेको सबैभन्दा ठूलो शहर याङ्गुनमा सडक खण्डहरूमा काँडेतार लगाई सैनिक जाँचलाई कडा पारिएको छ । सैन्य इकाइहरूलाई सिटी भवनजस्ता सरकारी भवनहरूमा तैनाद गरिएको छ ।
त्यहाँका बासिन्दाहरूले थप राजनीतिक सङ्कट आएर बैंकिङ कारोबार गर्न नपाउने भयका कारण खाद्यान्न तथा एटीएम पसलहरूमा भीड देखिन थालेको छ । केही पसल र घरहरूमा निर्वाचनका समय टाँसिएका सुकीको पार्टी ‘नेशनल लीग फर डेमोक्रेसी’को झण्डा, चुनाव चिन्हलगायतका सङ्केतहरू हटाएका छन् । मुर्दा शान्ति कायम रहेको शहरका टोल र सहरहरूमा मानिसहरूले अत्यावश्यकबाहेक ओहोरदोहोर गर्न डराएका छन् यद्यपि सामान्यतया शहरको सडक र पर्खालहरूमा निर्वाचनका समय पोतिएका भित्ताहरूलाई सफा गरेपछि र मानिसहरूको कम आवागमनले सहर सफा र स्वच्छ देखिएको छ ।
नब्बेको दशकतिर वर्षौं नजरबन्दमा दिन बिताएकी नेतृ सूकीलाई म्यानमारमा प्रजातन्त्र ल्याउने प्रयासका लागि नोबेल शान्ति पुरस्कार दिइएको थियो तर उनले रोहिंग्या मुसलमानहरूविरुद्धको सैनिक कारवाहीमा देखाएको अनभिज्ञताले अन्तर्राष्ट्रिय मञ्चमा उनको ख्यातिमाथि नै प्रश्न उठेको छ । यसले सैनिक शासकहरूलाई म्यानमारमा राजनीतिक हस्तक्षेप गर्न सहज बनेको देखिन्छ । रोहिंग्याविरूद्धको सैनिक अभियानलाई संयुक्त राज्य अमेरिकालगायत प्रजातन्त्र पक्षधर अन्य मुलुकले जातीय नरसंहारको सज्ञा दिएका छन् ।
पूर्व अमेरिकी कूटनीतिज्ञ बिल रिचर्डसनले त्यो सुरक्षाको आधारमा सुकीको नेतृत्व गर्ने क्षमतामाथि नै प्रश्न उठाएका छन् ।
रिचर्डसनद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “म्यानमारको वास्तविक नेताको रूपमा सुकीले प्रजातान्त्रिक मूल्य मान्यता बढाउन असफल भएकोले उनीले पछि हट्नुपर्दछ र म्यानमारका अन्य प्रजातान्त्रिक नेताहरूलाई अन्तर्राष्ट्रिय समर्थन र सहयोगका साथ अघि सार्नुपर्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया