काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा पशुपति मन्दिर आसपासका क्षेत्रमा भोलि (बिहीवार) सवारी साधन चलाउन निषेध गरिएको छ ।
पशुपतिमा हुने भीडभाडलाई मध्यनरज गर्दै सो क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा एक सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्न नदिने भएको हो । महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामा उल्लेख गरेको छ ।
चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय गरे पनि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित भएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको ।
चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने महाशाखाको सूचनामा उल्लेख छ ।
यस्तो छ रुट :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया