काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीका त्रय अध्यक्षले विधान अनुसार पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका छन् ।
मनोनयनमा पर्नेहरु प्रदेश १ को अध्यक्षमा झापाका रामकुमार थापा र उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती, प्रदेश २ को अध्यक्षमा सर्लाहीका रामचन्द्र राय र उपाध्यक्षमा सिराहाका महेशलाल महासेठ रहेका छन् ।
त्यस्तै, गण्डकी प्रदेश अध्यक्षमा लमजुङका हेमजंग गुरुङ र उपाध्यक्षमा गोरखाका महेश्वर राक्का, लुम्बिनीको अध्यक्षमा रुपन्देहीका प्रदीपकुमार उदय र उपाध्यक्षमा रुपन्देहीकै कैलाश गुरुङ, कर्णालीको अध्यक्षमा कालीकोटका दीपबहादुर शाही र उपाध्यक्षमा सुर्खेतका जनकसिंह ठकुरी मनोनयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया