टेकसिँह धामी/ धनगढी- बैतडीमा चितुवाको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्।
जिल्लाको सुर्नया गाउँपालिका–८ मा चितुवाले आक्रमण गर्दा ४० वर्षीया नारु साउद घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनको डडेल्धुरामा उपचार भइरहेको छ ।
स्थानीय भौनेली मन्दिर नजिकैको जंगलमा बादँर धपाउन गएको बेला उनलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया