नवनियुक्त डेपुटी गभर्नरद्वय ढुंगाना र मिश्रको सपथ चार बजे, सञ्चार माध्यमलाई रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकको नवनियुक्त डेपुटी गभर्नरद्वय डा.निलम (तिमल्सिना) ढुंगाना र बमबहादुर मिश्रले पद तथा गोपनियताको सथप लिँदैछन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चार बजे नव नियुक्त डेपुटी गभर्नरद्वय ढुंगाना र मिश्रलाई सपथ खुवाउने कार्यक्रम रहेको छ ।

यसपालीको सपथ ग्रहण कार्यक्रममा सञ्चार माध्यमलाई प्रवेश रोक लगाइएको छ । ‘गभर्नर साबले नै मिडियालाई रोक लगाउन निर्देशन दिनुभएको छ ।’ राष्ट्र बैंक स्रोतले भन्यो ।

यसअघि सबै सपथमा सञ्चार माध्यम आमन्त्रित गरिन्थ्यो । डा. ढुंगाना अहिले राष्ट्र ऋण विभागकी कार्यकारी निर्दशकको रुपमा कार्यरत छिन् भने मिश्र विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन् ।

सपथ कार्यक्रममा कार्यकारी निर्देशक र निर्देशकहरुलाई पनि आमन्त्रण गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?