काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्ट मनोनित भएका छन् ।
उद्योग मन्त्री समेत रहेका भट्टलाई शुक्रवार बसेको एमालेको बैठकले भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाउने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले नेकपाको आधिकारिकताबारे फैसला गरेसँगै एमाले र माओवादी केन्द्र पूर्ववत रुपमा फर्किएका छन् । पूर्व माओवादी केन्द्रका नेता भट्ट पार्टी विभाजन भएपनि एमालेमा नै बसेका थिए । संसद विघटनपछि तत्कालिन नेकपाको सुदूरपश्चिम प्रदेशको ईन्चार्जमा नेता भीम रावललाई हटाउँदै भट्टलाई मनोनित गरिएको हो ।
यसअधि बुधवार नै सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयलाई लिएर दुई पक्ष (भट्ट र रावल) बीच झडप भएको थियो । भट्ट पक्षले भीम रावलको नामप्लेट हटाउँदै भट्टको नामप्लेट राखेका थिए ।
त्यस्तै आजको बैठकले एमालेको अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी हटाउँने निर्णय गरेको छ । साथै पूर्वमाओवादीका २३ नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गर्दै गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई एमाले बागमती प्रदेशको ईन्चार्जको जिम्मेवारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया