आँखी भौं पातलो हुँदै गइरहेको छ ? हुनसक्छ यस्तो संकेत

लोकपथ
0
Shares

काठमाडौं – के तपाईको आँखी भौं पातलो हुँदै गइरहेको छ ? सामान्य जस्तो लागेतापनि यो तपाईको शरीरका लागि राम्रो संकेत होईन। चिकित्सकले सामान्य स्वास्थ्य टिप्स अर्थात् घरैमा ख्याल गर्न सकिने भन्दै भनेका छन्, ‘यस्तो संकेत केहि रागहरुको कारण हुनसक्छ ।’

आँखी भौं कसैको बाक्लो हुन्छ, कसैको पातलो । यो खासै अस्वभाविक होइन । तर, अचानक आँखी भौं पातलिँदै गएको छ भने सतर्क हुनैपर्छ । किनभने, यसले थाइराइडको संकेत गर्छ । त्यसैले बेलैमा ख्याल गर्नुपर्छ ।

यति मात्रै होईन अरु संकेतहरु पनि छन् जसले तपाईको स्वास्थ्य अवस्था ठिक छैन भन्ने जनाउँछ । के के हुन् ति संकेत जसले शरीरमा भएका समस्याबारे जानकारी दिन्छ ?

सेतो वा पहेँलो दाग : 

छालामा कहिलेकाहीँ सेतो वा पहेँलो दाग देखिन सक्छ । यो शरीरमा कोलेस्ट्रोल बढ्ने संकेत हुन्छ । यसले हृदय रोगको समेत संकेत गर्छ ।

नङमा कालो दाग : 

नङमा कालो दाग देखा प¥यो भने निकै सतर्क हुनुपर्छ । चाहे त्यो हातको नङमा होस् वा खुट्टाको । यस्तो दागले क्यान्सरको संकेत गर्छ ।

सुन्निनु : 

खास कारण बिना नै अनुहार सुन्नियो भने सजगता अपनाउनु पर्छ । किनभने, यसले धेरैथरी रोगको संकेत गर्छ, जस्तो– हाइपोथाइराइड, एनीमिया, एन्जियोएडिमा । मृगौलाको समस्यामा पनि यस्तो संकेत देखिन्छ ।

दाह्री पातलिनु : 

अक्सर यसबारे हामीलाई हेक्का हुँदैन । तर, हाम्रो दाह्रीको रौं पनि कहिलेकाहीँ अस्वभाविक रूपले पातलिँदै जान्छ । यसले हाइपो थाइराइडको संकेत गर्छ ।

ओठ फुट्नु : 

ओठ फुट्नु सामान्य हो । खासगरी चिसो मौसममा ओठ फुट्ने समस्या देखापर्छ । तर, लामो समयसम्म ओठ फुट्यो भने त्यो समस्या हो । यसले शरीरमा भिटामिन बी र सीको कमी भएको संकेत गर्छ ।

रुखो छाला : 

सबैको छाला एकनास हुँदैन । कसैको सुख्खा हुन्छ भने कसैको तैलीय । तर, लामो समयसम्म छाला सुख्खा हुन्छ भने मधुमेह वा थाइराइडको संकेत हुनसक्छ ।

एलर्जी : 

छालाको सरसफाइ भएन भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ । छाला चिलाउँछ । तर, लामो समयसम्म यस्तो समस्या रहेमा त्यसले मधुमेहको संकेत गर्छ । साथै, थाइराइडको पनि ।

डन्डिफोर : 

अनुहारमा डन्डिफोर छ भने त्यसले पेटसम्बन्धी कुनै समस्या भएको संकेत गर्छ । साथै यसले शरीरमा हार्मोनको गडबडी भएको पनि जनाउ दिन्छ । यो समस्या बढ्नासाथ तुरुन्तै चिकित्सकसँग उपचार गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?