काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापा बादललाई नियुक्त भएका छन् ।
आज बसेको एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले पूर्व माओवादीबाट एमालेमा आएका बादलसहित २३ नेताहरुलाई एमाले केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
आजको बैठकले महाधिवेशन परिचालन कमिटी समेत गठन गरेको छ । यसअघि एमालेमा २०५ जना केन्द्रीय सदस्य रहेका थिए, पूर्व माओवादीबाट २३ जना थप भएसँगै अब २२८ जनाको केन्द्रीय कमिटी हुनेछ ।
यसअघि बागमतीको इन्चार्जमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी अष्टलक्ष्मी शाक्य रहेकी थिइन् । शाक्लाई हटाउँदै बादललाई इन्चार्ज नियुक्त गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया