काठमाडौं- नेकपा एमालेका नेता डा.भीम रावल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा पुगेका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बहिना ९ बजे बसिरहेको बैठकमा पुगेका नेता रावल केही समयपछि बाहिरिएका स्रोतले बताएको छ । माओवादी केन्द्रले आज बिहान राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बोलाएको थियो ।
सोही बैठकमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका थिए । तर, सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे माओवादी केन्द्र अझै निचोडमा पुगिसेकेको छैन । नेता रावलसँग यसै विषयमा छलफल भएको स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया