आहा रारा गोल्डकप चैत २१ देखी, विजेताले नगद १० लाख पाउने

लोकपथ
0
Shares

काठमाडौं । सहारा क्लब पोखराको आयोजना हुने मोफसलकै राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकप चैत २१ देखी शुरु हुने भएको छ ।

पोखराको रङ्गशालामा आगामी चैत २१ देखी २८ गते सम्म सञ्चालन हुने १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको शनिवार सम्पन्न पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपबिजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजकले १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जनाएका छन् ।

प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागीता रहने छ ।

नेपाल आयल निगम मनाङ मस्याङ्ग्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थिर्स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफिर्कन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखराको सहभागिता हुने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?