काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने भएको छ ।
एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले शुक्रवार नेपालको समूह समूह बी का खेलहरु कुवेतमा हुने जनाएको छ ।
कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागिएको हो ।
छनोटको बाँकी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ ।
छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । यस अघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो ।
नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।
चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।
छनोट अन्तर्गत समूह ए को बाँकी खेल चीन, समूह सी को बहराइन, समूह डी को साउदी अरेबिया, समूह ई को कतार, समूह एफ को जापान, समूह जी को युएई र समूह एच दक्षिण कोरियामा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया