काठमाडौं- नेकपा एमालेका वरिष्ट नेता खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको छ । छलफलले आजै बोलाइएको आफूपक्षीय केन्द्रीय समिति र सांसदहरुको बैठकको एजेण्डा पनि तय गरेको एक स्थायी कमिटी सदस्यले बताए ।
बैठकपछि नेता रघुजी पन्तले स्थायी कमिटी बैठकमा ओलीको कदमपछिको समग्र विषयमा छलफल भएको र विस्तृत निर्णय केन्द्रीय समिति र सांसदहरुको बैठकबाट गरिने जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया