काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । नयाँ बानेश्वरको शंखमुलस्थित ए वान क्याफेमा १२ बजेबाट बैठक शुरु भएको हो ।
आजै केन्द्रीय कमिटी बैठक बस्नु अघि नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको थियो । बैठकमा शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको थियो। छलफलले आजै बोलाइएको आफूपक्षीय केन्द्रीय समिति र सांसदहरुको बैठकको एजेण्डा पनि तय गरेको एक स्थायी कमिटी सदस्यले बताए ।
बैठकपछि नेता रघुजी पन्तले स्थायी कमिटी बैठकमा ओलीको कदमपछिको समग्र विषयमा छलफल भएको र विस्तृत निर्णय केन्द्रीय समिति र सांसदहरुको बैठकबाट गरिने जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया