काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्नेगरी छलफल थालेका छन् । नेता नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको तयारी गर्नेगरी ओलीले छलफल थालेका हुन् ।
ओली समूहका एक नेताका अनुसार ओलीले शुक्रवारकै आफू निकटको केन्द्रीय समिति बैठकमा अनुशासनहीन काम गर्नेहरुलाई कारबाही गर्न चाहेका थिए । तर नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेललगायतले अहिले नै कारबाही गर्न नहुने भन्दै उनीहरुको थप गतिविधि हेरेर कदम चालिनुपर्ने सुझाव दिएका थिए ।
सोही बैठकबाट ओलीले माओवादी धारका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गर्नुका साथै अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारीको खारेज गरेका थिए । यस्तै पमाधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरुमा इन्चार्ज समेत तोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया