काठमाडौं । कञ्चनपुरमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । पुनर्वास नगरपालिकामा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको हो ।
शुक्रवार साँझ करिब साढे ७ बजेतिर बालिका कलम किन्न घरबाट करिब ४ सय मिटरको दूरीमा रहेको पसलमा गइरहेका बेला पहिचान नखुलेका ३ जना युवाको समूहले बउनलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
बलात्कार गरेको आरोप लागेका ३ जना युवाहरु घटना लगत्तै फरार भएको र अहिल्यै पहिचान नखुलेको थापाले बताए ।
हामी अनुसन्धान गरिरहेका छौँ । छिट्टै फरार अभियुक्तहरुलाई पक्राउ गर्ने छौँ । थापाले भने ।
धनगढीमा स्वास्थ्य परीक्षणपछि बालिकालाई आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया