काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुलाई नक्कली लोकतन्त्रवादी भनेका छन् ।
शनिवार राजधानीमा अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै उनले अबको डेढ–दुई वर्षमा लोकतन्त्र र संविधानमा कुनै आँच नआउने उल्लेख गरे ।
डेढ–दुई वर्षपछि चुनावमा जाँदा के लोकतन्त्र समाप्त हुन्छ ? संविधान च्यातिन्छ ? , उनले भने, ‘नक्कली लोकतन्त्रवादीहरु, नक्कली जनवादीहरु हाउभाउसँग भाषण गर्छन्, लोकतन्त्र खत्तम पार्यो, चुनाव घोषणा गर्यो, जनताका बीचमा जाने कुरा गर्यो, ताजा जनादेश चाहियो भन्यो लोकतन्त्र, खत्तम पार्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया