देशलाई शान्ति चाहिएको छ हामी माओवादीमा फर्किन्नौं : मन्त्री थापा

लोकपथ
0
Shares

काठमाडौं- खानेपानी मन्त्री मणिचन्द्र थापाले आफूहरु नेकपा माओवादी केन्द्रमा नफर्कने स्पष्ट पारेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा सामेल गरेपछि ओलीकै नेकपा एमालेका केन्द्रीय सदस्यसमेत बनाइएका मन्त्री थापाले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका हुन् । उनले देशलाई शान्ति चाहिएको भन्दै अस्थिर राजनीतिको अन्त्य गर्दै स्थित राजनीतिका लागि पनि आफूहरु एमालेभित्रै रहेर संघर्ष गर्ने उनले बताएका हुन् ।

उनले भने, ‘देशलाई विकास चाहिएको छ । सधै अस्थिरता राम्रो हुन्न । राजनीतिक विचार मिल्यो । हामी फर्किन्नौं । केपी ओली नै स्थिर राजनीतिको नेतृत्व गर्न सक्ने नेता हो । नेपाली रेडियो नेटवर्कसँग आइतबार बिहान बोल्दै मन्त्री थापाले माओवादी केन्द्रले देशलाई लामो समयदेखि अस्थिरतामा राखेको आरोपसमेत लगाए । उनले भने, ‘देशलाई लामो समय अस्थिरतामा राख्ने पार्टीमा अब फर्किन्नौं । माओवादीमा हरेक २–३ वर्षमा जाँदै आएकाले अस्थिर पार्टीमा अब फर्किन्नौं

मन्त्री थापासहित माओवादी केन्द्रबाट अहिले केपी ओली नेतृत्वको सरकारमा गएका सबैलाई पार्टीभित्र फर्किन निर्देशन दिइसकिएको छ । नफर्के पार्टीले कार्वाही गर्ने चेतावनी पनि दिएको छ ।माओवादी केन्द्रले कारवाहीको चेतावनी दिएसँगै मन्त्री थपाले सो कुरा बताउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?