काठमाडौं- फिल्म, निर्देशक र पटकथासहितका ६ महत्वपूर्ण विधामा जित हासिल गर्दै ‘छक्का पञ्जा ३’ले दशौं नेफ्टा फिल्म अवार्डमा वर्चस्व जमाएको छ । व्यवसायिकरुपमा सफल सोसल ड्रामाबाट दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचालिन् ।
यही फिल्मबाट दीपकराज गिरीले सर्वोत्कृष्ट कथा एवं पटकथा विधामा पनि अवार्ड पाए । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले यही फिल्मबाट हाँस्यकलाकारको अवार्ड जिते । छक्का पन्जाको तेस्रो सिरिजलाई आयोजकले पपुलर फिल्मको अवार्ड पनि दियो ।
विपिन कार्की फिल्म ‘प्रसाद’बाट सर्वोत्कृष्ट अभिनेता घोषित भए भने मेनुका प्रधानले साइँलीबाट अभिनेत्री विधामा अवार्ड पाइन्। साम्राज्ञी शाह र अनमोल केसी क्रमशः पपुलर अभिनेत्री र अभिनेता घोषित भए । फिल्म प्रसादले संगीतका चार विधासहित सर्वोत्कृष्ट संवाद र अभिनेतामा बाजी मा-यो , ३३ विधाका विजयीलाई उपराष्ट्रपति नन्दबहादुर पुनसहितका अतिथिले अवार्ड प्रदान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया