भन्सार छलि ल्याउँदै थिए २१ लाख बराबरको सामान, परे प्रहरीको फन्दामा

लोकपथ
0
Shares

काठमाडौं । कैलालीमा अवैध रुपमा भन्सार छलि ल्याएको विभिन्न सामानसहित २ जना पक्राउ परेका छन् ।

भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको २१ लाख ३६ हजार ४ सय २ रुपैयाँ मूल्य बराबरको २ हजार ५ सय ९७ पिस सुट, ५० थान दरी र ५ सय ४८ मिटर कपडासहित २ जनालाई भजनी नगरपालिका-५ लौवास्ताबाट शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-५ बस्ने ३७ वर्षीय रतिराम चौधरी र प्रदिप तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अपराध अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से १ त १५७६ नम्बरको ट्याक्टरमा जाँच गर्ने क्रममा उक्त सामान सहित फेला पारी ट्याक्टर चालक रतिराम र उक्त कार्यमा सहयोग पुर्‍याउने प्रदिपलाई से ७ प ८१४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

बरामद सामान, ट्याक्टर र मोटरसाइकल सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय टिकापुर कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?