विप्लव राजनीतिको मुलधारमा आएसँगै सिरहाको मालपोतमा बम विष्फोट, घटनास्थलमा गोइत समूहको पर्चा भेटियो

लोकपथ
0
Shares

काठमाडौं ।  सिरहाको लहान नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ८ जना घाइते र घाइतेमध्ये दुईजना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदिप राज भण्डारीले लोकपथलाई जानकारी दिए ।

घाइतेहरुको लहान अस्पतालमा उपचार भइरहेको एसपी भण्डारीले बताए ।

मध्यान्न करिब १२:४० बजे मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको र विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ ।

प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको प्रहरीले बताएको छ । अहिले घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् ।

‘घटनास्थलबाट गोइत समूहको पर्चा भेटिएको छ। थप अनुसन्धान भइरहेको छ,’ एसपी भण्डारीले भने । प्रहरीको प्रारम्भीक अनुसन्धानमा प्रेसरकुकुर बम विस्फोट गराएको खुलेको छ । ‘प्रहरीले कार्यालयमा रहेको सीसी क्यामरा फुटेजबाट समेत अनुसन्धान गरिरहेका छौँ ।’ एसपी भण्डारीले भने।

विस्फोट लहान नगरपालिकामा रहेको मालपोतको मोठ शाखामा भएको छ ।

विप्लव समूह सरकारसँग वार्ता गरेर राजनीतिको मुलधारमा आएपछि सिरहाको मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।

आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए । यादव गोइत समूहका नाइके रहेका थिए । यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीले बताए ।

यादवको आत्मसमर्पणलाई लिएर नै समूहका असन्तुष्ट पक्षले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका गरेको छ ।

को हो गोइत समूह ?

जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले भूमिगत गतिविधि संचालन गर्दै आएको छ ।

गोइत समूहले तराइका विभिन्न स्थानमा विभिन्न समयमा बम विष्फोट गराउँदै आइरहेको छ ।

यो पनि : सिरहाको मालपोत कार्यालयमा बम विष्फोट : गम्भीर घाइते नायव सुब्बा अस्पतालमा

सिरहाको मालपोत कार्यालयमा बम विष्फोट : गम्भीर घाइते नायव सुब्बा अस्पतालमा

सिरहा बम विस्फोट अपडेट : गोइत समूहका नाइके यादवले आजै गरेका थिए आत्मसमर्पण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?