काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् ।
आइतवार बसेको बैंक सञ्चालक समितिले देवकोटालाई सीईओमा नियुक्त गरेको हो ।
देवकोटा यस अघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतको रुपमा कार्यरत थिए ।
केही समय अघि मात्रै देवकोटाले सिटिजन्स बैंकबाट राजीनामा दिएका थिए । देवकोटासँग करिब दुई दशकदेखि बैकिङ्ग क्षेत्रमा काम गरेको अनुभव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया