सिरहा बम विस्फोटको जिम्मा गोइत समूहले लियो, अझै भ्रष्टाचार भए यो भन्दा कडा कारवाही गर्ने चेतावनी

लोकपथ
0
Shares

काठमाडौं । सिरहा बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) ले लिएको छ ।

सिरहाको मालपोत कार्यालयमा भएको प्रेसरकुकर बम विष्फोटमा परी ८ जना घाइते भएका थिए । उक्त दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते मध्य एक जनालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।

गोइत समूहले आज एक विज्ञप्ति निकालेर मोर्चाले भ्रष्टाचार जारी रहे यो भन्दा कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ । साथै यो घटनाबाट उत्पन्न सबै दुष्परिणामको जिम्मा नेपाल सरकार र प्रदेश सरकार हुने पनि उसले जनाएको छ ।

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको हस्ताक्षर भएको उक्त विज्ञप्तिमा नेपाली औपनिवेशिक शाशकबाट उन्मुक्ति नहुन्जेल लडिरहने प्रतिबद्धता पनि गरेको छ।

आजै गोइत समूहका दोस्रो तहका नेता रामविलास यादवले प्रशासनसँग आत्मसमर्पण गरेका थिए। उनले आज बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति निकालेर आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?