सत्ता समीकरण : तीन दलले आज खोज्नेछन् ‘नयाँ प्रधानमन्त्री’ !

लोकपथ
0
Shares

काठमाडौं –आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, निर्णायक मानिएको जनता समाजवादी पार्टी र सत्तारुढ दलकै एक हिस्सा माओवादी केन्द्रबीच त्रिपक्षीय बैठक हुने भएको छ।

जसपा र कांग्रेस, जसपा र माओवादी, कांग्रेस र माओवादीबीच दुईपक्षीय छलफल पटक–पटक भइसकेका छन् । आज सोमबार भने तीन दल एकै ठाउँमा बस्न लागेका हुन् । त्रिदलीय बैठकले नयाँ सत्तासमीकरणको नेतृत्व कुन दलले गर्ने भन्ने तय हुने सम्भावना रहेको बताइएको छ ।

सर्वोच्चको फैसलापछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा फर्किएपछि नयाँ सत्तासमीकरणको प्रयास सुरु भएको हो । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने सुनिश्चित भएपछि ओलीलाई दिएको समर्थन फिर्ता लिने बताइसेकका छन् । माओवादीले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ । उता प्रधानमन्त्री ओली पनि माओवादीले साथ छोडेपछि कसरी सत्ता जोगाउने रु भन्ने योजनामा रहेका छन् । प्रधानमन्त्री ओलीले जसपाका नेताहरुसंग पटक-पटक वार्ता गरेका छन्।

जसपाले आफ्नै नेतृत्वमा चुनावी सरकारको नेतृत्व गर्ने इच्छा देखाएको छ । प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा पनि जसपाका नेताहरुले जेलमा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीको रिहा, मधेस, थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लगायतका माग गरेका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर निकटस्थ भने उनलाई प्रधानमन्त्री बनाउन तयार भए ओलीसँग सहकार्य गर्न सकिने पक्षमा छ । उपेन्द्र यादव र डा। बाबुराम भट्टराई भने ओली सरकारको निरन्तरताको पक्षमा देखिएका छैनन् । जसपा स्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्रसँग सत्ता समीकरणको पक्षमा जसपाभित्र बलियो मत देखिएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र सरकारमा जानुहुन्न भन्ने मत मत्थर भइसकेको छ भने संस्थापन इतर समूहले नेतृत्वका लागि अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिसकेको छ ।

यो पनि, 

ओली सरकारको विस्थापन माओवादीको मुख्य एजेन्डा ! 
नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिगामी भएकाले विस्थापित गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादीले ओली नेतृत्वको सरकार विस्थापित गरेर नयाँ सरकार बनाउन राजनीतिक दलहरुसँग परामर्श गर्ने निर्णय गरेको हो ।

माओवादीले संयुक्त सरकार गठन गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी सरकार हटाउन पार्टीले भूमिका खेल्ने बताएको छ । बैठकले संविधान निर्माण भएदेखि नै नेपालको संविधान, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता लगायतप्रति असन्तुष्ट विदेशी पक्षले खेलेका कारण नेकपा एकताले पूर्णता नपाउँदै विभाजन हुन पुगेको निष्कर्ष निकालेको छ । बैठकको शुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठले पार्टीको पहिलो राजनीतिक कार्यभार केपी ओलीको सरकार ढालेर नयाँ सरकार बनाउनेतर्फ पार्टी लाग्नुपर्ने धारणा आएको बताए । सरकार गठनमा पार्टीले मात्र कोसिस गरेर नपुग्ने भएकाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस जनता समाजवादी पार्टीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।बैठकमा ५ हजारभन्दा बढीको जम्बो केन्द्रीय कमिटी आवश्यक नरहेकोमा जोड दिँदै नेताहरुले नेताहरुले विधि, पद्धति पालना गर्ने पार्टी बनाउनुपर्ने सुझाव दिएका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?