काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी – केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठक हिजो आइतबारकै बैठकको निरन्तरता हो ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा हिजोबाट शुरु भएको बैठक विभिन्न ६ वटा एजेण्डाहरु (पार्टी कमिटीबाट रिपोर्टिङ गर्ने देखि पार्टीको नाम परिवर्तन गर्नेसम्मका) गर्दै स्थगित भएकोमा आज तिनै एजेण्डामा केन्द्रित रहेर छलफल हुने नेता नारायणकाजी श्रेष्ठले लोकपथसँग बताए ।
हिजोको बैठकमा सात प्रदेशका नेताहरुले प्रदेशको रिपोर्टिङ गरेका थिए ।
प्रदेश कमिटीको तर्फबाट क्रमशः प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गर्दै पार्टीको वर्तमान अवस्थाका बारेमा जानकारीसहित नेतृत्वलाई अनुरोध गरेका थिए ।
त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अवस्थाबारे संक्षिप्तमा आफ्नो धारणा राखेका थिए । त्यसपछि पार्टी केन्द्रको तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी एकताको उद्येश्य र मर्ममाथि कसरी आक्रमण भयो भन्नेबारेमा चर्चा गरेका थिए ।
सर्वोच्चको फैसालपछि पार्टी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।
हिजो यस विषयमा पनि घनिभूत छलफल गरेको माओवादी केन्द्रले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र निर्णायक मानिएको जनता समाजवादी पार्टीसँग वार्ता गरेर अविश्वासको प्रस्ताव ल्याउने दाउ हेरिरहेको छ ।
यो पनि पढ्नुहोस् :
सत्ता समीकरण : तीन दलले आज खोज्नेछन् ‘नयाँ प्रधानमन्त्री’ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया