ब्राजिलमा कोरोनाबाट १ करोड १४ लाख भन्दा बढी संक्रमित : २ लाख ७८ हजारको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । ब्राजिलमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या १ करोड १४ लाख नाघेको त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार त्यहाँ कोभिडका कारण संक्रमित हुनेको संख्या १ करोड १४ लाख ८३ हजार ३७० जना पुगेको छ । यसका साथै त्यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । त्यहाँ अहिलेसम्म यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या २ लाख ७८ हजार २२९ जना पुगेको छ ।

हिजो (आइतवार) दिइएको समाचार अनुसार यो संक्रमणबाट गएको २४ घन्टायता मात्र ४३ हजार जनाभन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ । त्यसैगरी गएको २४ घन्टामा मात्र यो संक्रमणबाट एक हजार १२७ जनाको ज्यान गएको छ । यसरी यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?