धुम्बाराही बैठकपछि नेपाल पक्ष छुट्टै भेलामा

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेता तथा केन्द्रीय सदस्‍यहरुसँग छलफमा जुटेका छन् ।

नेता नेपालले बानेश्वरस्थित अर्याल होटलमा आफू निकट नेतालाई आज (सोमवार) धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीसँगको भएको बैठकबारे जानकारी दिन बोलाएका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा आज (सोमवार) भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दे अघि बढाउने प्रतिवद्धता जनाएपनि आ(आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन सकेको थिएन ।

प्रधानमन्त्री ओलीले मंगलवार बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गर्ने निर्णय लिइसकेका नेपालले अर्याल होटलमा गुट भेला गरेका हुन् ।
नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय भेला पनि आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?