नेपालमा ‘कोभिड-१९’ विरुद्धको खोप लगाउनेको संख्या १५ लाख ५५ हजार नाघ्यो

लोकपथ
7
Shares

काठमाडौं – नेपालमा हालसम्म १५ लाख ५५ हजार ४४१ जनाले कोरोना भाइरस ‘कोभिड-१९’ विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चैत १ गतेसम्म प्राप्त तथ्यांक अनुसार २२ लाख ९० हजार ७५ जनालाई खोप लगाउने लक्ष्य राखिएको भएपनि १५ लाख ५५ हजार ४४१ जनाले खोप लगाएको बताए। यस्तै, ६५ वर्षभन्दा माथिका उमेरसमूहलाई दिइएको खोप अनुसार १७ लाख ८२ हजार ४६९ लक्ष्य रहेकोमा ११ लाख १६ हजार ५३२ ले लगाएका छन्।

उनले भने, ‘नेपालमा पहिलो चरणको खोप लगाएकाका लागि दोश्रो चरणको खोप लगाउन सरकारले बजेट छुट्याइसकेकाले थप खोप नेपाल ल्याउने प्रक्रियामा छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?