काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको सञ्चालकमा तीन जना निर्विरोध निर्वाचित भएका छन् ।
बैंकको मंगलवार सम्पन्न विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ सञ्चालकहरु गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको हो ।
बैंकको विशेष साधारण सभा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया