काठमाडौं । साउदी अरेबियामा भ्रष्ट्राचार गरेको आरोपमा २ सय ४१ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विभिन्न मन्त्रालयका कर्मचारीलगायत आप्रवासी नागरिक रहेका छन् ।
भ्रष्ट्राचार आरोपीहरुलाई अदालत लैजाने प्रकृया थालिएको त्यहाँको भ्रष्टाचार निवारण प्राधिकरण (नाजाह) ले जनाएको छ । उनीहरूविरुद्ध घूसखोरी, शक्तिको दुरुपयोग र जालसाजीको आरोप लगाइएको छ।
केही वर्ष यता साउदी अरेबियामा भ्रष्ट्राचार विरुद्धको आधिकारिक निकायद्वारा भ्रष्ट्राचार गर्ने कर्मचारीलाई रंगेहात पक्राउ गर्ने गरेको छ । यसरी पक्राउ पर्ने कर्मचारीहरुमा स्वास्थ्य, नगरपालिका तथा ग्रामिण विकास, भवन निर्माण, शिक्षा, मानव शंसाधन तथा सामाजिक विकास, भन्सार तथा हुलाक सेवामा कार्यरतहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यहाँ वित्तीय वा प्रशासनिक भ्रष्टाचार सम्बन्धी कुनै शंकास्पद गतिविधि देखिएको खण्डमा आमनागरिकलाई फोन, ईमेल वा वेबसाइट मार्फत रिपोर्ट गर्न नाजाहले आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया