ओखलढुङ्गा- चिसङ्खुगढी गाउँपालिका ४ मा रहेको जङ्गलमा मंगलबार रातिदेखि भीषण आगलागी भएको छ । बस्ती छेउमा रहेको जङ्गलमा आगलागी भएएपछि स्थानीयबासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । मंगलबाररातिबाट लागेको बुधबार बिहानसम्म पनि स्थानीय प्रहरी टोलीले नियन्त्रणमा लिन नसकेपछि सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप टोली घटनास्थलतर्फ गएको संखुवासभाकी प्रमुख जिल्ला अधिकारी बन्दना राईले जानकारी गराएकी छन् ।
जङ्गलमा आगलागी भएकाले स्याउलाले निभाउने प्रयास भइरहेको उनले बताइन् । मंगलबार रातिबाट आगलागी शुरु भएको थियो । विकट ठाउं भएकाले दमकल जानसक्दैन्, पानीको अभाव भएकाले स्याउलाले आगो निभाउने प्रयास भइरहेको प्रजिअ राईले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया