पोखरामा रेस्लिङ प्रतियोगिता हुने, विजेताले १ लाख पाउने

लोकपथ
0
Shares

काठमाडौं । पोखरामा चैत्र २० र २१ गते राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ ।

नेपाल रेस्लिङ संघको आयोजनामा चैत्र २० र २१ गते दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा हुने भएको हो ।

बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले सर्वाधिक नगद पुरस्कार भएको रेस्लिङ च्याम्पियनशिप प्रतियोगितामा नेपालका ३५ जना रेसलरले प्रतिस्पर्धा गर्ने जानकारी दिइन् ।

उनले प्रतियोगितामा च्याम्पियन हुने रेस्लरले सर्वाधिक १ लाख नगद र दोश्रो हुनेले नगद ५० हजार पुरस्कार प्राप्त गर्ने बताइन् । रेस्लिङमा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको निर्णायकको भूमिकामा मुख्य निर्णायक प्रदिप पाण्डे सहायक निर्णायकहरु शिसम, मनी र विकास श्रेष्ठ लगायत रहने छन् । प्रतियोगिता सम्पन्न गर्न २९ लाख खर्च हुने अनुमान आयोजक पक्षको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?