काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बिहीवार विहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बस्न लागेको छ।
बैठकमा सहभागी हुन एमाले सबै सांसदहरूलाई खबर गरिसकेको जनाएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले बोलाएको बैठकमा वरिष्ठ झलनाथ खनाल-माधव नेपाल समूह भने जाने सम्भावना कम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया