धनगढी-टेकसिँह धामी । धनगढीमा एक महिला मृत भेटिएकी छन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएकी कमला रोकाया मृत भेटिएकी हुन् । धनगढी विशालनगरको सौराई होटेलमा श्रीमानसँगै बसेकी महिलाकोे शंकास्पद मृत्यु भएको हो ।
भारतको पन्जाबमा बस्दै आएकी अन्दाजी २८ बर्षकी कमला रोकाया धनगढी बिशालनगरमा रहेको सोराइ होटेलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी घरेडी खरिद गर्न धनगढी पुगेको बुझिएको छ ।
उनी श्रीमान् सुजन रोकाया सँग चैत १ गते देखि होटेलमा बस्दै आएकी थिइन । सुजन भने फागुन २७ गते बाट नै होटेलमा बसेका हुन । हिजो राती करिब १० बजे दुवै जना बाहिरबाट होटेलमा पुगेका थिए ।
मृतकका श्रीमानले मादक पदार्थ सेवन गरेको बुझिएको छ । राती करिब १ बजे श्रीमतीको मृत्यु पछि उनले होटेलको गेटमा पुगेर सुरक्षा गार्ड लाई खबर गरेका थिए । केही छिन पछि होटेल सञ्चालकले अस्पताल लैजान आग्रह गरे पनि उनले प्रहरीलाई खबर गर्न आग्रह गरेपछि प्रहरीलाई बोलाइएको थियो । उनको घाँटीमा पासो लगाइएको छ ।
मृतकका १ छोरा र १ छोरी छन् । दुवै जनालाई भारतमा छोडेर उनीहरू नेपाल आएका हुन । प्रहरीले घटना शङ्कास्पद भनेको छ । उनको शव अहिले पोस्टमार्टमका लागी अस्पताल लैजाने तयारी भइरहेको छ । दुवै जनाबीच विगतदेखि नै सम्बन्ध राम्रो नभएको माइती पक्षले बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया