काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गरेको संसदीय दलको बैठकमा नेता वामदेव गौतम पनि नजाने भएका छन् ।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले नेता गौतम संसदीय दलको बैठकमा नजाने जनाएका छन् । उहाँलाई पनि खबर त आएको थियो, तर उहाँ जानु हुन्न,’ प्रेस सल्लाहकार सुवेदी भने ।
तर त्यसअघि नै नेपाल–खनाल पक्षले पनि आफूपक्षीय सांसदको छलफल आयोजना गरेको छ। ललितपुरमा हिजोदेखि जारी राष्ट्रिय कार्यकर्ता भेला स्थलमै नेपाल पक्षले सांसदलाई बोलाएको हो। नेकपा हुँदादेखि नै ओली वा प्रचण्ड–नेपाल पक्ष कतै नलागी एकता अभियानमा लागेका गौतम सर्वोच्च अदालतले पुरानै पार्टी एमाले पुनर्स्थापना गरेपछि पनि ओली वा नेपाल समूह कतै संलग्न भएका छैनन्।
ओलीले अबदेखि एमालेमा अध्यक्ष र महासचिवबाहेक अन्य शीर्ष पद नहुने एकलौटी निर्णय गरेपछि उपाध्यक्ष पद गुमाएका गौतमले अहिले फेरि एमाले एकता अभियान थालेका छन्। ओलीविरुद्ध उनी पनि रुष्ट छन्, नवौं महाधिवेशनबाट निर्वाचित एमाले कमिटी नै कायम हुनुपर्ने उनको अडान छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया