अमेरिकी दूतावासद्वारा एसियाली समुदायविरुद्ध भएको हिंसाको निन्दा

लोकपथ
0
Shares

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकामा एसियालीमूलका मानिसहरुमाथि भएको हिंसाको निन्दा गरेको छ ।

आज बिहीवार सामाजिक सञ्जाल ट्वीटर मार्फत् नेपालस्थित अमेरिकी दूतावासले एसियाली विरुद्धको घृणा रोक’ (स्टोप एसियन हेट) भन्दै एसियालीमूलका मानिसहरुमाथि भएको हिंसा रोक्न आह्वान समेत गरेको छ ।

‘हाम्रो देशलाई प्रतिनिधित्व गर्दै नेपाल र एसियाभर अमेरिकीहरु छरिएका बेला, हाम्रै देशमा एसियाली अमेरिकीविरुद्ध भइरहेको हिंसाबाट हामी गहिरोरुपमा दुःखी भएका छौं,’ दूतावासले भनेको छ, ‘त्यसो गर्नुको नियतबारे हामीलाई केहि थाहा नभए पनि हामी एसियाली अमेरिकी र प्यासिफिक क्षेत्रका समुदायको पक्षमा उभिँदै घृणाजनक यस्ता गतिबिधिको भर्त्सना गर्दछौं।’

अमेरिकामा एसियालीमूलका मानिसहरुविरुद्ध कम्तिमा ३८ सय हिंसाका घट्ना भएको एक अध्ययनले देखाएको छ। मंगलवार सार्वजनिक गरिएको सो अध्ययन रिपोर्टका अनुसार त्यस्ता हिंसाका घट्नामा महिलाहरुलाई अझ बढी निशाना बनाइएको उल्लेख छ।

रिपोर्टमा एसियाली मूलका मानिसलाई गाली बेइज्जती, भौतिक आक्रमण, सताउने, हेप्ने लगायत बिभिन्न प्रकृतिका गतिबिधि गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?