मेस्सीले बार्सिलोना छोड्न सक्नुहुन्न : अध्यक्ष लापोर्टा

लोकपथ
0
Shares

काठमाडौं । बार्सिलोनाको नयाँ अध्यक्ष जोन लापोर्टाले कप्तान तथा टिमका मुख्य खेलाडी लियोनल मेस्सी क्लबमै रहने बताएका छन् । क्लबको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक मेस्सीबारे बोल्दै लापोर्टाले उनी क्लबमै रहने विश्वास व्यक्त गरेका हुन् ।

‘निर्णय लिनका लागि म यहाँ छु । जस्तै लियो (मेस्सी) लाई विश्वस्त गराउन । यो कुरा उनलाई थाहा छ,’लापोर्टाले भनेका छन्,’हामी तपाईंलाई यहाँ राख्नको लागि जे गर्छौं हामी गर्छौं । तपाईलाई थाहा छ तपाई छोड्न सक्नुहुन्न, लियो।’

गत महिना भएको अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका थिए । स्पेनिस राजनीतिज्ञ तथा वकिल समेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् ।

‘हामीसँग ईतिहासका सर्वश्रेष्ठ खेलाडीहरू थिए । हामी सफल भयौं किनकी हामीसँग स्थिरता थियो,’ लापोर्टाले भने, ‘बार्सिलोनाको एकता जसले स्थिरता दिन्छ र म सबैलाई आमन्त्रण गर्छु की बार्सिलोनाका लागि के गर्न सक्छौ ।’

मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० र इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?