काठमाडौं । चेक बाउन्सको मुद्दाका दुई फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ ।
धनकुटा घर भई ललितपुर महानगरपालिका-२६ सुनाकोठीका ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ का ५८ वर्षीय लाक्पा लामालाई सिआइबीले पक्राउ गरेको हो ।
दुबै जना बैंकिङ कसूरका फरार प्रतिवादी थिए । उनीहरुलाई ललितपुरबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेस गरेका छौँ । सिआइबीकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले बताइन् ।
उच्च अदालतले गत माघ ९ गते महेन्द्रनारायण श्रेष्ठविरूद्ध २० लाख जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो।
त्यस्तै, लाक्पा लामाविरूद्ध उच्च अदालतले गत माघ ५ गते १० लाख ४५ हजार जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो।
सजाय सुनाएदेखि फरार रहेका उनलाई प्रहरीले बिहीवार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया