काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित न्यू अरुणा नगर क्षेत्रमा श्रीमानका साथ व्यवसाय सञ्चालन गर्दै आएकी ४५ वर्षीया नेपाली महिलाको बुधवार गोली हानी हत्या भएको छ ।
मोटरसाइकलमा दुई जनाको संख्यामा आएका हतियारधारीले ती महिलालाई गोली प्रहार गरेको भारतीय मिडिया डेली पाइनियोरले जनाएको छ । उनको नाम मीनामा तामाङ भएको र नेपालको ठेगाना नुवाकोट भनिएपनि थप खुलाइएको छैन प्रहरीले अभियुक्तको पहिचानका लागि सीसीटीभी फुटेजको अध्ययन भइरहेको भन्दै छिट्टै पक्राउ पर्ने जनाएको छ ।
मीनाले सो स्थानमा पतिसँग खाजा र पेयपदार्थको पसल सञ्चालन गर्दै आएकी थिइन् ।
उच्च प्रहरी अधिकारीका अनुसार बुधवार बिहान ७ बजेतिर मीनाले पसल खोलेलगत्तै दुई अपरिचिति व्यक्ति मोटरसाइकलमा आएर एकाएक गोली प्रहार गरेका थिए । छातीमा गोली लागेपछि ढलेकी उनलाई नजिकैको हस्पिटल पठाइएपनि चिकित्सकले मृत घोषित गरेका थिए । उनको पतिसँगै १२ वर्षीय छोरी समेत रहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया