चामल माग्न बझाङबाट काठमाडौं

लोकपथ
0
Shares

संघीय सरकारले पर्याप्त बजेट नदिएको भन्दै योजना माग्न जनप्रतिनिधि राजधानी आउनु नौलो होइन। तर बझाङका जनप्रतिनिधि जनतालाई खुवाउने खाद्यान्न नभएको भन्दै चामल माग्न काठमाडौं आएका छन्।

गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरा दुई वर्षको दूधे बालक बोकेर राजधानी आएकी छन्। उनीसँगै चारजना वडाध्यक्ष पनि आएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकलाई बुधबार भेटेर ध्यानाकर्षण गराएका जनप्रतिनिधिले बिहीबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश पौडेललाई पनि भेटेर चामल पठाउन आग्रह गरे।

गाउँमा खाद्यान्न उत्पादन नभएपछि जनता भोकभोकै हुने भएकाले चामल माग्न काठमाडौं आएको उपाध्यक्ष बोहोराले बताइन्। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?