हुम्लामा ग्यासको मूल्य ४० प्रतिशतले घट्यो

लोकपथ
0
Shares

हुम्ला- हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रुपैँया तिर्न उपभोक्ता बाध्य छन् ।
दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिकामा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि ४० प्रतिशत मूल्य घटेको हो । एउटा ग्यास सिलिन्डरको मूल्य आठ हजारमा झरेको स्थानीय जयदेवी शाहीले जानकारी दिइन् ।

यसअघि सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिन्डर १४ हजार पर्ने गरेको थियो । करिब ४० प्रतिशत मूल्य घटेपछि ग्यास प्रयोग गर्न थालिएको उनले बताए । मूल्य घटेपछि हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेको सङ्ख्यामा पनि बढेको छ । यो खबर गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?