काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह प्रदेश २ का केन्द्रीय सदस्यहरुको को बैठक बस्दै छ। नेता नेपालको निवास कोटेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाएको छ । नेपाल पक्षले घनश्याम भुसाललाई प्रदेश २ को इञ्चार्ज बनाएको छ।
प्रदेश २ का नेपाल पक्षीय केन्द्रीय सदस्य उपस्थित हुने बैठकमा अबको राजनीतिक परिदृश्य तथा प्रदेश संगठनका विषयमा छलफल हुने भनिएको छ । सर्वोच्चको फैसलापछि नेकपा एकीकरणपूर्वमा पुगेको एमालेको विवाद केन्द्रदेखि तलसम्मै देखिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी निर्णय गरेको भन्दै विरोधमा उत्रिएको नेपाल समूहले पनि हरेक विभाग तथा तहमा समानान्तर कमिटी गठन गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया