मौसम पूर्वानुमानः हावाहुरी र चट्याङ्गसहित पानी पर्ने

लोकपथ
0
Shares

काठमाडौं- आज देशका पहाडी क्षेत्रका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले अहिले देशका विभिन्न भूभागहरुमा आंशिक र सामान्य बदली भइरहेको जनाएको छ । यस्तै महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भूभागको थोरै स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?