‘साइकल सांसदलाई मस्तिष्क घात

लोकपथ
0
Shares

नेपाली दलित आन्दोलनका अगुवा लालबहादुर विश्वकर्मा विगत तीन महिनादेखि मस्तिष्क घातमा छन् । पूर्वसहायकमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विश्वकर्मा आर्थिक स्रोतको अभावका कारण सस्तो उपचार खोज्दै अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा पुगेका छन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा भर्ना भएर उपचार गराउँदै आएका उनको दाहिने हात र दाहिने गोडालगायत एकातिरको भाग चल्दैन । असजिलो गरी बझलुछन्– ‘सरकार र राष्ट्रपतिज्यूबाट पनि केही सहयोग त भयो, तर लामो समयसम्म उपचार गराउनुपर्ने भएका कारण खर्चको समस्या भने झेल्नुपरेको छ, सबैसँग सहयोगका लागि अनुरोध गर्दछु ।’कीर्तिपुर जानुअघि उनलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलको आईसीयूमा राखिएको थियो, त्यसपछि माइतीघरस्थित अन्नपूर्ण अस्पतालले न्युरो विभागमा राखेर उपचार ग¥यो । त्यसपश्चात् उनलाई वीर अस्पतालको १ नं. क्याबिनमा राखी उपचार गराइरहेकोमा डाक्टरको सल्लाहअनुसार अत्याधुनिक फिजियोथेरापी गर्नुपर्ने र ठीक हुन ५–६ महिना लाग्ने भनेकाले स्पार्क होम कालीमाटीमा सारियो ।

‘स्पार्क होममा उपचार त राम्रो थियो, तर दिनकै ८–१० हजार रुपियाँ लाग्ने, हामीले थेग्न सकेनौं’, उपचारमा खटेका विश्वकर्माका ज्वाइँ कमल विश्वकर्माले भने– ‘खर्च पनि थोरै लाग्ने, तर उपचार पनि राम्रो हुने भनेकाले हामी यहाँ आएका हौं ।’‘
राष्ट्रिय सभा सदस्य (२०५६–२०६१) हुँदा उनले आम नेपालीभन्दा आफू भिन्न हैसियतको व्यक्ति नभएको भन्दै संसद् जाँदा–आउँदा साइकल चढेपछि उनलाई नागरिकस्तरबाट ‘साइकल सांसद’को विशेषण पनि प्राप्त भएको थियो ।

२०१० साल वैशाखमा भोजपुर जिल्लाको कुलुङ–४ स्थित पाखागाउँमा जन्मेका उनी कञ्चनपुर जिल्लाको त्रिभुवनवस्ती–८ (साविक)मा बस्दै आएका छन्। नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?