कविता – तिमी को हौ ?

लोकपथ
21
Shares

राजेश ढुंगाना- 

झंकृत भएर मुटुले
बटुलेर सुमधुर सुरिलो संगीत
बजाइरहेको
तिमीले कहिल्यै सुनेनौ
र त
विद्रोहका भाका मात्र बोल्छौ
तिमी बसेको ‘जंगल’ मा
कोइलीले पनि त
गीत गायो होला नै
तिमी भने किन बाघको हुँकार मात्र बोल्छौ ?

***

जन्मदै जिब्रोमा
तीतो लट्पटिए झैं
आक्रोश मात्र ओकल्छौ
र ओठबाट
आफ्नो सहित
अरुको पनि मुस्कान चोर्दछौ

***

तिमी नबाँच्ने हो भनें
नबाँच बरु
मर्न तिमी स्वतन्त्र छौ
तर
बारम्बार मृत्युको गीता पाठ गरेर मृत्युमा
मान्छेको मुक्ति देख्ने तिमी को हौ ?

***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?