म्यानमारमा सैनिक ‘कू’ को डेढ महिना : २४४ जनाको हत्या, २ हजार बढी नजरबन्दमा

लोकपथ
0
Shares

काठमाडौं । म्यानमारमा सैनिक ‘कू’ को डेढ महिनामै २ सय ४४ जना नागरिक मारिएका छन् । म्यानमारको सेनाले माघ १९ मा सत्ता हातमा लिए पछि २ सय ४४ जना नागरिकको हत्या गरिएको हो ।

एएपिपीका अनुसारसेनाले सत्ता हातमा लिएयता २ हजार २५८ जना नागरिक गिरफ्तार भएका छन् ।

ती मध्ये १ हजार ९ सय ३८ जना अहिले पनि सैनिक हिरासत र नजरबन्दमा कठोर जीवन बिताइरहेका छन् । आन्दोलनमा लागेपछि गिरफ्तार गरिएकी एक सरकारी कर्मचारीलाई त्यहाँको सैन्य शासकले हिरासतमै हत्या गरेर शव परिवारलाई बुझाएको छ ।

सेनाले माघ १९ गते बिहान राज्य सल्लाहकार एवं विदेशमन्त्री आङ साङ सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई हिरासतमा लिई सत्ता कब्जा गरेको थियो। यससँगै एक वर्ष संकटकाल लगाएको घोषणा सेनाले गरेको थियो ।

यो पनि पढ्नुहोस् : म्यानमारको सैनिक ‘कू’, विगत र भविष्य

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?