भक्तपुरमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने सिन्धुली घर भएका २० वर्षीय गणेश बोगटीलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गत फागुन १५ गते ती बालिकालाई बोगटीले जबरजस्ती करणी गरेको भन्ने खबर बिहीवार प्राप्त हुनासाथ महानगरीय वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?