प्रतिनिधि सभा बैठक : परराष्ट्रमन्त्री ज्ञवालीले के भने ?

लोकपथ
0
Shares

काठमाडौं – परराष्ट्रमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीप ज्ञवालीले संसदको मर्यादा राख्दै सोही अनुसारको व्यवहार गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभा पुनर्स्थापनापछिको चौथो बैठकमा बोल्दै ज्ञवालीले संसद बैठकलाई सरकार विरोधीले राम्ररी चल्न नदिएको आरोप लगाउँदै शुरुका बैठकहरु जसरी अगाडी बढे तिनीहरुले राम्रो संकेत नगरेको बताएका हुन् ।

उनले भने, ‘एसिड सम्बन्धि विधेयक, महिला हिंसा, बलात्कारजस्ता विषय, अत्यावश्यक र जनजीविकासँग जोडिएका विधेयकहरु छलफलमा ल्याउन सकिएन । यतिसम्म कि कोरोना भाइरसविरुद्धको खोपको विषय समेत छलफलमा आउन सकेन ।

नेकपा एमालेको माधव कुमार नेपाल झलनाथ खनाल समुह र माओवादी केन्द्रतर्फ सांकेतिक हमला गर्दै आलोचना गरेका छन् ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने सरकारको निर्णय संविधान विपरित नभएको भन्दै उनले स्थायित्वका लागि संसद विघटन गरिएको र त्यसपछि सर्वोच्चको फैसला अनुसार अहिले संसद् चलिरहेको बताए । सरकारले ताजा जनादेशले सरकार र देश चलाउन सजिलो हुन्छ भन्ने दृष्टिकोण भएका कारण संसद विघटन गरिएको उनको भनाई छ ।

उनले भने, ‘अब संसद भित्रैबाट राजनीतिक स्थायित्व खोज्न बाध्यात्मक स्थिति आएको छ । सरकारले प्रतिनिधिसभा र संवैधानिक परिषद् सम्बन्धी दुवै मुद्दामा हारेको भए पनि निराश भएको छैन । उनले नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै भने, ‘सर्वोच्च अदालतले फैसला गरेपछि लड्डु खाएर बसे। हामीले दुवै मुद्दा हारेका छौँ। हामीले अदालतको विरोध गरेका छैनौँ।’

सरकारले गरेका राम्रा कुराको पनि आलोचना भएको भन्दै ज्ञवालीले प्रधानमन्त्री बन्न नपाएकाहरुले प्रतिगमन भन्ने गरेको बताए। उनले थपे, ‘यहाँ पदमा बस्न पाए अग्रगमन नपाए प्रतिगमन भनियो। निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने चाहना पूरा भएन भने त्यसलाई प्रतिगमन भन्ने भाष्य हामीकहाँ छ ।’

प्रतिनिधि सभा पुनर्स्थापित भएसँगै उत्साहित बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष नेकपालाई एकता अघिकै अवस्थामा पुर्‍याउने सर्वोच्चको फैसलापछि वेखुसी भएका छन् । उनीहरुको यहि शैलीमा कटाक्ष गर्दै ज्ञवालीले भने, सर्वोच्चको फैसला अनुसार अघि बढ्नु हाम्रो दायित्व हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?