काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) अहिले भईरहेको छ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजनामा हुने लिगको अक्सन होटल सोल्टी क्राउन प्लाजामा भईरहेको छ ।
पहिलो सेसनको अक्सन सकिदा चार खेलाडी महँगो मूल्यमा बिक्री भएका छन् ।
गोलकिपर दीप कार्की, मिडफिल्डर तेज तामाङ, गोलकिपर विशाल सुनुवार र मिडफिल्डर सुनिल बल अधिकतम मूल्य २ लाखमा बिक्री भएका छन् ।
दीप पोखरा थन्डर्स, सुनिल विराटनगर सिटी फुटबल क्लबमा ,विशाल एफसी चितवन र तेज काठमाडौं रेजर्समा अनुबन्धित भएका हुन् ।
अक्सनमा कुल १ सय ५९ जना खेलाडीलाई समावेश गरिएको छ ।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया