भक्तबहादुरका याद भन्दा बढी बल्झिरहने दुःखको घाउ

लोकपथ
0
Shares

काठमाडौं । उमेको उत्तराद्र्धमा चन्द्रपुर २ पैनीटोलका भक्त बहादुर पाण्डेसँग सुनाउनुपर्ने विगतका याद भन्दा बल्झिरहने दुःखको घाउ मात्रै छ । उनको दुःखको कथा गौर हत्याकाण्डसँग जोडिएको छ।

२०६३ चैत ७ गते अपराह्न गौर नगरपालिकास्थित राइस मिल मैदानमा भएको अकल्पनीय घटनाले पाण्डे परिवारलाई अझै सताइरहेको छ । भक्तबहादुरका २० वर्षीय छोरा दीपक पाण्डेको गौर हत्याकाण्डमा मृत्यु भयो ।

तर पाण्डे दम्पतीले शवसमेत हेर्न पाएनन् । अहिले उनीहरु बेसहारा छन् । १४ वर्ष बितिसक्दा पनि दोषीलाई कारबाही भएको छैन् ।

कुनै युद्धभूमिमा लडाइँ हुँदै गरेको फिल्मको भल्को आउने त्यो क्रूर घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादव, पूर्वसभासद बबन सिंह, प्रदेशसभा सांसद बाबुलाल साहलगायत १ सय १३ जनाको नाम जोडिएको छ। यो खबर कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?