कांग्रेसले सम्झायो प्रधानमन्त्रीलाई नैतिकता

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । प्रतिनिधि सभामा विशेष समय लिएर सम्बोधन गर्दै कांग्रेस सचेतक बालकृष्ण खाँडले आफूले गरेको कामलाई अदालतले गैरसंवैधानिक भनेपछि प्रधानमन्त्रीले राजनीतिक नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने माग गरेका हुन् ।

उनले भने, अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनेपछि प्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्ने कि नपर्ने ? मार्गप्रशस्त गर्नुपर्छ कि पर्दैन ? सरकारको निर्णय खारेज गरेपछि विधिको शासन मान्छु, संविधान मान्छु, भन्ने सरकारले त्यो गल्ती मानेर नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ? यो खबर गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?